
जो सँग जीवन यापनकै डगर थियो कुनैबेला,
सहयात्राकै सुनौलो त्यो सफर थियो कुनैबेला ।
आफ्नो आँखामा अनेक थरीका सपना सजाएँ,
निद्रा खुल्यो बगलिमा खञ्जर थियो कुनैबेला ।
तिम्रो सम्मान् गर्छु मित्र तर म सङ्का पनि गर्छु,
नरिसाए ऊ सँग पनि ठुलो भर थियो कुनैबेला ।
अहिले ऊ दुश्मन् छ ऋण दिएको थिएँन जब,
उसको मेरो तन मन् एउटै घर थियो कुनैबेला ।
आज मानिसलाई देख्दा मानिस जलेको हुन्छ,
सामाजिक थियो फूल झैँ अधर थियो कुनैबेला ।
जब सही गलत छुट्याउँन थाल्यौँ दुश्मनी भयो,
सबै मित्र थिए जब मन वेखबर थियो कुनैबेला ।